न्यायकर्ता 8:15 - पवित्र बाइबल15 त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्। तिमीहरूले, ‘तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ’ भनेर मेरो खिल्ली उडाएका थियौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 त्यसपछि गिदोन सुक्कोतका मानिसहरूकहाँ आएर भने, “जेबह र सल्मुन्ना यहाँ छन्, जसका विषयमा तिमीहरूले यसो भनेर मेरो ठट्टा गरेका थियौ, ‘के जेबह र सल्मुन्ना तिम्रो हातमा परिसकेका छन्, र हामीले तिम्रा थाकेका मानिसहरूलाई रोटी दिने’?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब गिदोनले सुक्कोतबासीहरूकहाँ गएर भने, “यादै होला, तिमीहरूले एक दिन मलाई मद्दत गर्न इन्कार गरेका थियौ। मैले जेबह र सल्मुन्नालाई पक्रेको छैन भनेर तिमीहरूले मेरा थाकेका सेनालाई खानेकुरा दिन इन्कार गरेका थियौ। अब ती दुई यहाँ छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि गिदोन आए, र सुक्कोतका मानिसहरूलाई भने, “जेबह र सल्मुन्ना यहाँ छन्, जसको विषयमा तिमीहरूले ‘के जेबह र सल्मुन्ना तिम्रा हातमा आइसकेका छन् र? हामीले तिम्रा गलिसकेका मानिसहरूलाई किन रोटी दिने?’ ” भनेर मेरो उपहास गरेका थियौ। Viz kapitola |