न्यायकर्ता 8:1 - पवित्र बाइबल1 एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले किन हामीसँग यस्तो व्यवहार गर्नुभयो? मिद्यानसँग लड़ाइँ गर्न जाँदा तपाईंले हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले तिनलाई अनेक अभियोग लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तिमी मिद्यानीहरूसँग लड्न जाँदा किन हामीलाई बोलाएनौ? किन तिमीले हामीसँग त्यस्तो व्यवहार गर्यौ?” यसबारे तिनीहरूले निकै गनगन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब एफ्राएमीहरूले गिदोनलाई सोधे, “तपाईंले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? तपाईंहरू मिद्यानसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले उनीसँग अनेक विवाद गरे। Viz kapitola |