Online Bible

- Reklamy -




न्यायकर्ता 7:4 - पवित्र बाइबल

4 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “अझै पनि मानिसहरू धेरै छन्‌। तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्‍ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्‍छु, ‘यो मानिसचाहिँ तँसँग जानेछ,’ तब त्‍यो जानेछ। र यदि म ‘यो मानिस तँसँग जानेछैन’ भनी भन्‍नेछु तब त्‍यो जानेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तब परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “अझै तेरा मानिसहरू धेरै छन्। तिनीहरूलाई तल खोलामा लैजा र म त्‍यहाँ तिनीहरूलाई अलग गर्नेछु। जुन मानिसलाई ‘तँसँग जानेछ’ भन्‍छु, ऊ तँसँग जानेछ तर जसलाई ‘जानेछैन’ भन्‍छु, ऊ तँसँग जानेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर याहवेहले गिदोनलाई भन्‍नुभयो, “मानिसहरू अझ पनि धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजानू र त्यहाँ म तिनीहरूलाई तेरा निम्ति छान्‍नेछु। यदि मैले तँलाई ‘योचाहिँ तँसित जानेछ’ भनेर जब म भन्छु, तब त्यो जानेछ; तर यदि मैले ‘योचाहिँ तँसित जानेछैन’ भनेर जब म भन्छु, तब त्योचाहिँ जानेछैन।”

Viz kapitola kopírovat




न्यायकर्ता 7:4

Následuj nás:

Reklamy


Reklamy