न्यायकर्ता 7:2 - पवित्र बाइबल2 तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले गिदोनलाई भन्नुभयो, “तँसँग अति धेरै मानिसहरू छन्, म तिमीहरूलाई मिद्यानीहरूमाथि विजय हुन दिन चाहन्नँ। हामी आफैंले जितेका हौं भनी तिनीहरूले सोच्लान् र मलाई केही आदर नदेलान्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले गिदोनलाई भन्नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’ Viz kapitola |