न्यायकर्ता 6:31 - पवित्र बाइबल31 तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिंदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफैँ गर्नु पर्ने।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर योआशले तिनको चारैतिर भएको विरोधी भीड़लाई भने, “तपाईंहरू बाल देवताको पक्षमा कराउनुभएको? बाललाई बचाउने हामीहरूको काम हो भनी तपाईंहरू सम्झनुहुन्छ? त्यसको पक्षमा कराउने बिहानसम्ममा मारिनेछ। यदि बालचाहिँ देवता नै हो रहेछ र त्यसको वेदी कसैले भत्काइदिएको हो भने, त्यो आफ्नो लागि आफै बोलोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर आफ्ना सामुन्ने आएका सबैलाई योआशले भने, “के तिमीहरू बाल-देवताका पक्षमा बोलिरहेका छौ? के तिमीहरू उसको बचाउ गर्दछौ? उसको पक्षमा बोल्नेहरू आज बिहानसम्म मारिनेछन्। यदि बाल-देवता परमेश्वर हुन् भने आफ्नो रक्षा ऊ आफैंले गरून्। यो भत्काई फ्याँकिएको वेदी उनैको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर योआशले आफ्ना चारैतिरका विरोधी भीडलाई जवाफ दिए, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउने कोसिस गर्दैछौ? त्यसको पक्षमा लड्ने जोसुकै पनि बिहानसम्ममा मारिनेछ! यदि बाल साँच्चै देवता हो भने कसैले उसको वेदी भत्काउँदा उसले आफ्नो रक्षा गर्न सक्छ?” Viz kapitola |