न्यायकर्ता 6:28 - पवित्र बाइबल28 शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेराको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो गिदोनले निर्माण गरेका थिए। अनि तिनीहरूले त्यो साँढेहरू देखे जसलाई वेदीमा बलिदान चढाइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको वेदीमा त्यो दोस्रोचाहिँ साँढ़े होमबलि चढ़ाइएको देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 भोलिपल्ट बिहानै सहरका मानिसहरू उठे। तिनीहरूले बालदेवताको वेदी र अशेरा-देवीको मूर्ति काटी ढालेका र त्यहाँ बनेका वेदीमा दोस्रो साँढे होमबलि भएको देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब सहरका मानिसहरू बिहानै उठे, तब उनीहरूले बाल-देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको नयाँ वेदीमा त्यो दोस्रोचाहिँ साँढे होमबलि चढाइएको देखे। Viz kapitola |