न्यायकर्ता 6:25 - पवित्र बाइबल25 त्यही राती परमप्रभुले गिदोनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो बाबुले पालेको सात बर्ष पुगेको जवान साँढे ले। तेरा बाबुको झूटो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा झूटा देवी अशेराको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न साँढेको प्रयोग गर अनि अशेरका खम्बा काटिदे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 त्यसै रात परमप्रभुले गिदोनलाई भन्नुभयो, “तेरा बुबाको बगालबाट सात वर्षे दोस्रो साँढ़े ले, तेरा बुबाको बाल देवताको वेदी भत्काइदे, र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति ढालिदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यस रात परमप्रभुले गिदोनलाई भन्नुभयो, “तेरा बुबाको साँढे र अर्को सात-वर्षे साँढे ले। तेरा बुबाले बाल-देवतालाई बनाएको वेदी भत्काइदे र त्यसका छेउमा भएको अशेरा-देवीको मूर्ति ढालिदे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यही रात याहवेहले तिनलाई भन्नुभयो: “तेरा पिताको बथानबाट सात वर्षको दोस्रो साँढे लिनू। तेरा पिताको बालको वेदी भत्काइदिनू, र त्यसको छेउमा भएको अशेराको खाँबो काटेर ढालिदिनू। Viz kapitola |