न्यायकर्ता 6:19 - पवित्र बाइबल19 यसर्थ गिदोन भित्र गए अनि एउटा सानो पाठो उम्लेको पानीमा पकाए। गिदोनले लगभग एक एपा जस्तो पीठो लिएर अखमीरे रोटी बनाए। त्यसपछि गिदोनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडमा हाले। गिदोनले मासु, उमालेको मासुको झोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदोनले त्यो भोजन फलाँटको रूखमुनि परमप्रभुको दूतलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब गिदोन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे, र पाँच पाथी पीठोको अखमिरी रोटी बनाए। तिनले मासुचाहिँ एउटा टोकरीमा हालेर र झोलचाहिँ एउटा बटुकोमा हाले बाहिर फलाँटको रूखमुनि उहाँको सामु चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तब गिदोनले घर गएर एउटा पाठोको मासु र दश किलो पीठोको खमिरबिनाको रोटी बनाए। त्यसपछि मासु टोकरीमा राखे र झोल एउटा बटुकामा हाले। ती सबै खानेकुरा उनले फलाँटको रूखमुनि लिई आए र परमप्रभुको दूतलाई टक्र्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब गिदोन भित्र गए, र एउटा पाठो तयार गरे। एक एपाभरिको पिठोबाट अखमिरी रोटी बनाए। त्यो मासु एउटा डालोमा र त्यसको झोलचाहिँ एउटा बटुकोमा हालेर तिनले ती बाहिर ल्याए। अनि फलाँटको रूखमुनि उहाँलाई चढाए। Viz kapitola |