Online Bible

- Reklamy -




न्यायकर्ता 6:13 - पवित्र बाइबल

13 तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 गिदोनले तिनलाई भने, “हजूर, सुन्‍नुहोस्, परमप्रभु साँच्‍ची नै हामीसँग हुनुहुन्‍छ भनेता यी सबै किन हामीलाई भएको? उहाँका ती सबै आश्‍चर्य कामहरू के भए, जो हामीले आफ्‍ना पिता-पुर्खाहरूबाट सुनेका छौं, जसले भन्‍थे, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभएको होइन?’ तर अब त परमप्रभुले हामीलाई त्‍याग्‍नुभएको छ, र हामीलाई मिद्यानीहरूका हातमा सुम्‍पिदिनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 गिदोनले भने, “हजुर, यदि परमप्रभु हामीसँग हुनुहुन्‍छ भने यी सब कुरा किन हामीमाथि आइलागे? के यो सोध्‍न सक्‍छु? ती सबै उदेकका कुराहरू, जुन परमप्रभुले गर्नुभएको थियो भनी हाम्रा पिता-पुर्खाहरूले भन्‍थे– कसरी उहाँले हामीलाई मिश्रबाट निकाली ल्‍याउनुभएको थियो– ती सबै के भए? परमप्रभुले हामीलाई त्‍याग्‍नुभएको छ र हामीलाई मिद्यानीहरूका कृपामा छोडिदिनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 गिदोनले जवाफ दिए, “माफ गर्नुहोला मालिक, यदि याहवेह हामीसित हुनुहुन्छ भने हामीमाथि यी सबै किन हुन आए? उहाँका ती सबै अद्‌भुत कार्यहरू के भए, जो हामीले आफ्ना पितापुर्खाहरूबाट सुनेका छौँ, जसले भन्थे, ‘के याहवेहले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभएको होइन र?’ तर अब याहवेहले हामीलाई त्याग्नुभएको छ; मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।”

Viz kapitola kopírovat




न्यायकर्ता 6:13

Následuj nás:

Reklamy


Reklamy