न्यायकर्ता 5:26 - पवित्र बाइबल26 तब याएल बाहिर गइन् अनि पालको कीला लिइन्। तिनको दाहिने हातले एउटा मार्तोल लिइन, जो एकजना मजदूरले प्रयोग गर्छ। त्यसपछि तिनले त्यो मार्तोल सीसरा माथि चलाइन्, तिनले उसको शिरमा हिर्काइन्, अनि उसको कन्चटमा वारपार प्वाल पारिदिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनले आफ्नो हात पालको कीलातिर बढ़ाइन्, तिनले आफ्नो दाहिने हातमा मुङ्ग्रो उठाइन्। तिनले मुङ्ग्रोले सीसरालाई हानिन्, त्यसको टाउको किचिन्, तिनले त्यसको कन्चट छेड़ी चूरचूर पारिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिनले एक हातमा पातलो किला लिइन्, अर्को हातमा तिनले एउटा मुङ्ग्रो उठाइन्; तिनले सीसरालाई मुङ्ग्रोले हानिन् र त्यसको शिरलाई चुरचुर पारिन्; तिनले किला ठोकेर त्यसको शिर वारपार गरिदिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनको हातमा पालको किला पर्यो; तिनको दाहिने हातमा काम गर्नेको मुङ्ग्रो पर्यो। तिनले सीसरामाथि प्रहार गरिन्, र त्यसको शिर फोरिदिइन्, तिनले त्यसको कन्चटलाई छेडेर छताछुल्ल पारिदिइन्। Viz kapitola |