न्यायकर्ता 4:22 - पवित्र बाइबल22 त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेट्न बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 बाराक सीसरालाई खेद्दै आउँदा याएल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्चटमा कीला गाड़िएर मरिरहेका भेटाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सीसरालाई खोज्दै बाराक त्यहाँ आइपुग्यो। याएलले उसलाई भेटी र भनी “यहाँ आऊ, तिमीले खोजेको मानिस म देखाइदिनेछु।” ऊ याएलसँग पालमा पस्यो र त्यहाँ सीसरालाई किला टाउकोमा वारपार भएर मरेको र लडिरहेको भेट्टायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 बाराकले सीसरालाई खेद्दै आउँदा याएल तिनलाई भेट्न बाहिर गइन्। अनि तिनले भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” यसकारण तिनी उनीसित भित्र पसे; तब सीसरालाई आफ्नो कन्चटमा किला गाडिएर मरिरहेका भेट्टाए। Viz kapitola |