न्यायकर्ता 4:14 - पवित्र बाइबल14 तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब दबोराले बाराकलाई भनिन्, “उठ, आजको दिन परमप्रभुले सीसरालाई तिम्रो हातमा दिनुभएको छ। परमप्रभु तिम्रो अगि जानुभएको छ।” यसकारण बाराक तबोर डाँड़ाबाट आक्रमण गर्दै तल झरे, र दश हजार मानिसहरू तिनको पछिपछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब दबोराले बाराकलाई भनिन्, “जाऊ, परमप्रभु तिम्रा अघि-अघि हुनुहुन्छ। उहाँले आज तिमीलाई सीसरामाथि विजय दिनुहुनेछ।” दश हजार मानिसहरू लिएर बाराक तबोर पहाडबाट तल झरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब दबोराले बाराकलाई भनिन्, “जाऊ! आजको दिन याहवेहले सीसरालाई तिम्रो हातमा सुम्पिदिनुभएको छ। के याहवेह तिम्रो अगि जानुभएको छैन र?” यसकारण बाराक तबोरबाट ओर्लिए; र दश हजार मानिसहरू तिनका पछि-पछि लागे। Viz kapitola |