न्यायकर्ता 3:25 - पवित्र बाइबल25 यसर्थ सेवकहरूले धेरै लामो समयसम्म पर्खिरहे। राजाले माथिल्लो कोठाका ढोकाहरू खोलेनन्। आखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र पसे, तिनीहरूले आफ्ना राजालाई भूइँमा लडेर मरिरहेका देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 धेरै बेरसम्म पर्खंदा-पर्खंदा तिनीहरूलाई लाज पनि लाग्यो, तापनि एग्लोनले कौसीको कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले, र आफ्ना मालिकलाई भूइँमा मरेर लड़िरहेका भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 धेरै बेर पर्खेपछि पनि जब राजा ढोका खोलेर बाहिर निस्केनन्, तिनीहरूले साँचो लिएर ढोका खोले। तिनीहरूले आफ्नो मालिकलाई भूइँमा मरेर लडिरहेको भेट्टाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 धेरै बेरसम्म पर्खँदा-पर्खँदा तिनीहरू लज्जित भए, तर पनि तिनले कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले। त्यहाँ तिनीहरूले आफ्ना मालिक मरेर भुइँमा लडिरहेका देखे। Viz kapitola |