न्यायकर्ता 3:10 - पवित्र बाइबल10 परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुका आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलमाथि न्यायकर्ता भए। तिनी युद्ध गर्नलाई निस्के, र परमप्रभुले अरामका राजा कूशन-रिशातैमलाई तिनको हातमा सुम्पिदिनुभयो। ओत्निएल उनीमाथि विजयी भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभुको आत्मा उनीमाथि उत्रेर आउनुभयो र उनी इस्राएलका अगुवा भए। उनी युद्ध गर्न गए अनि परमप्रभुले उनलाई आराम-नहारैमका राजामाथि विजय दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहको आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलका न्यायकर्ता भई युद्धमा गए। याहवेहले अरामका राजा कूशन-रिशातैमलाई ओत्निएलको हातमा सुम्पिदिनुभयो, जसले तिनलाई परास्त गरे। Viz kapitola |