न्यायकर्ता 2:19 - पवित्र बाइबल19 तर जब हरेक न्यायकर्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठ्ठी थिए। तिनीहरूले आफ्ना कु-कर्म छोडन् अस्वीकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर ती न्यायकर्ता मर्ने बित्तिकै तिनीहरू आफ्ना पुर्खाहरूभन्दा पनि अझ बढ्ता भ्रष्टाचारमा पर्दथे, र अरू देवताहरूलाई पुज्दै र उनीहरूका सामु निहुरिँदै आफ्नो भक्ति प्रकट गर्दथे। तिनीहरूले आफ्ना दुष्ट व्यवहार र हठी चाललाई छोड्न अस्वीकार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर अगुवा मरेपछि इस्राएलीहरू पुराना चालमा नै फर्किजान्थे र पछिल्लो पीडा अघिल्लो पीडाभन्दा अझ दुष्ट हुन्थ्यो। तिनीहरू अरू देवता मान्थे अनि आफ्ना दुष्कर्ममा हठी बनेर लागिरहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर त्यो न्यायकर्ता मरेपछि ती मानिसहरू अरू देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्दै आफ्ना पितापुर्खाहरूभन्दा बढी भ्रष्ट चालतिर फर्कन्थे। तिनीहरूले आफ्ना दुष्ट कामहरू र हठी मार्गलाई त्याग्न अस्वीकार गरे। Viz kapitola |