Online Bible

- Reklamy -




न्यायकर्ता 2:18 - पवित्र बाइबल

18 धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 जहिले पनि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ता खड़ा गर्नुभयो, परमप्रभु त्‍यो न्‍यायकर्तासँग हुनुहुन्‍थ्‍यो, र तिनी बाँचुञ्‍जेल उहाँले तिनीहरूलाई शत्रुहरूका हातदेखि बचाइराख्‍नुहुन्‍थ्‍यो। किनकि दुर्व्‍यवहार र अत्‍याचारमा पर्दा जहिले पनि तिनीहरूले सुस्‍केरा मार्दथे परमप्रभुले तिनीहरूमाथि दया गर्नुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 जहिले-जहिले परमप्रभुले इस्राएलकहाँ अगुवा पठाइदिनुहुन्‍थ्‍यो, उहाँले उसलाई मद्दत गर्नुहुन्‍थ्‍यो र उसको जीवनकालभरि शत्रुहरूदेखि तिनीहरूको रक्षा गर्नुहुन्‍थ्‍यो। परमेश्‍वरले तिनीहरूमाथि कृपा गर्नुहुन्‍थ्‍यो किनभने पीडा र सङ्कष्‍टमा तिनीहरू विलाप गर्दै कराउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जब-जब याहवेहले कुनै न्यायकर्तालाई तिनीहरूका निम्ति खडा गर्नुभयो, तब उहाँ त्यस न्यायकर्ताको साथमा रहनुहुन्थ्यो, र त्यो न्यायकर्ता बाँचुन्जेल उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट बचाउनुहुन्थ्यो; किनकि तिनीहरूलाई थिचोमिचो गर्ने र सताउनेहरूको अधीनमा तिनीहरूले जहिले सुस्केरा हाले तापनि याहवेहले तिनीहरूलाई दया देखाउनुभयो।

Viz kapitola kopírovat




न्यायकर्ता 2:18

Následuj nás:

Reklamy


Reklamy