Online Bible

- Reklamy -




न्यायकर्ता 2:12 - पवित्र बाइबल

12 परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुशरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्रोधित तुल्यायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने आफ्‍ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई त्‍यागेर तिनीहरू अरू देवताहरूका पछि लागे— अर्थात्, आफ्‍ना वरिपरि बस्‍ने जातिहरूका देवताहरूलाई पछ्याए। तिनीहरू ती देवताहरूका सामुन्‍ने निहुरे, र परमप्रभुलाई क्रोधित तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पिता-पुर्खाका परमेश्‍वर परमप्रभु, जसले तिनीहरूलाई मिश्रदेशदेखि उद्धार गर्नुभएको थियो, तिनीहरूले उहाँलाई पुज्‍न छोडे। अरू देवताहरू, आफ्‍ना चारैपट्टि बास गर्ने मानिसहरूका देवताहरू, तिनीहरूले पुज्‍न थाले। देवताहरूका अघि तिनीहरू शिर निहुराउँथे र परमप्रभुलाई क्रोधित गराउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, जसले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको थियो। तिनीहरू आफ्ना वरिपरिका मानिसहरूका देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्न थाले। तिनीहरूले याहवेहलाई रिस उठाए;

Viz kapitola kopírovat




न्यायकर्ता 2:12

Následuj nás:

Reklamy


Reklamy