न्यायकर्ता 2:1 - पवित्र बाइबल1 परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइपुर्याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिल्यै भङ्ग गर्नेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 गिलगालदेखि बोकीममा परमप्रभुको दूत आए र इस्राएलीहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर तिम्रा पुर्खाहरूसँग प्रतिज्ञा गरेको देशमा ल्याएँ। मैले भनेको थिएँ कि तिमीहरूसँग मेरो करार म कहिले तोड्नेछैनँ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहका दूत गिलगालबाट माथि बोकीममा गएर भने, “मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा ल्याइपुर्याएँ। मैले भनेँ, ‘तिमीहरूसित म आफ्नो करार कहिल्यै भङ्ग गर्नेछैनँ। Viz kapitola |