न्यायकर्ता 11:39 - पवित्र बाइबल39 दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 दुई महिनाको अन्तमा तिनी आफ्ना पिताकहाँ फर्केर आइन्, र यिप्ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 दुई महिनापछि त्यो बुबाकहाँ फर्की आई। यिप्ताले परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गरे अनि उसकी छोरी कुमारी अवस्थामा नै मरी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 दुई महिना बितेपछि तिनी आफ्ना बुबाकहाँ फर्केर आइन्, र उनले आफूले भाकल गरेझैँ गरे। तिनी कुमारी थिइन्। त्यहाँबाट इस्राएलीहरूको यो रीति सुरु भयो, Viz kapitola |