न्यायकर्ता 11:36 - पवित्र बाइबल36 तब उसकी छोरीले यिप्तहलाई भनी, “बाबु, तपाईंले परमप्रभुसित भाकल गर्नुभयो। यसर्थ तपाईंको भाकल पूरा गर्नुहोस्। तपाईंले के गर्छु भन्नु भएको थियो त्यही गर्नुहोस्। आखिरमा, परमप्रभुले तपाईंका शत्रुहरू, अम्मोनी मानिसहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 यिनले जवाफ दिइन्, “बुबा, तपाईंले परमप्रभुमा गम्भीर भाकल गर्नुभएको छ। तपाईंले त्यहीअनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसले उसलाई भनी, “यदि तपाईंले परमप्रभुलाई प्रतिज्ञा गर्नुभएको छ भने तपाईंले भनेजस्तै मसँग गर्नोस् किनकि परमप्रभुले तपाईंलाई आफ्ना शत्रु अम्मोनीहरूसँग बदला लिन दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिनले जवाफ दिइन्, “मेरा बुबा, तपाईंले याहवेहलाई आफ्नो वचन दिनुभएको छ। अब याहवेहले तपाईंका शत्रुहरू अम्मोनीहरूसित बदला लिनुभएकोले तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मलाई गर्नुहोस्।” Viz kapitola |