न्यायकर्ता 11:27 - पवित्र बाइबल27 इस्राएलका मानिसहरूले तिमीहरू विरूद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्राएलका मानिसहरूको विरूद्ध अत्यन्त नराम्रो काम गरिरहेछौ। साँच्चो न्यायकर्ता परमप्रभुले निर्णय गरून् इस्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 हामीहरूले तिमीहरूलाई केही खराबी गरेका छैनौं, तर तिमीले हामीलाई आक्रमण गरेर खराबी गरिरहेका छौ। परमप्रभु, जो न्यायकर्ता हुनुहुन्छ, उहाँले नै इस्राएलीहरू र अम्मोनीहरूका बीचमा आजको दिन न्याय गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अहँ, मैले तिमीलाई केही नराम्रो गरेको छैनँ। तिमीले पो हामीमाथि आक्रमण गरेर अन्याय गरेका छौ। परमप्रभु न्यायकर्ता हुनुहुन्छ। उहाँले आज इस्राएली र अम्मोनीहरूका माझमा आफ्नो फैसला दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 मैले तपाईंमाथि खराबी गरेको छैनँ; तर तपाईंले भने मेरो विरुद्धमा युद्ध गरेर ममाथि अन्याय गर्नुहुँदैछ। न्यायकर्ता याहवेहले नै आज इस्राएलीहरू र अम्मोनीहरूको बीचको यो झगडामा निर्णय गरिदेऊन्।” Viz kapitola |