न्यायकर्ता 11:20 - पवित्र बाइबल20 तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्राएलका मानिसहरूसित युद्ध गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर सीहोनले इस्राएललाई उनको देशबाट जानलाई विश्वास गरेनन्। उनले आफ्ना सबै मानिसहरूलाई भेला गरे, र यहसामा छाउनी हालेर इस्राएलसँग लड़ाइँ गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर सीहोनले इस्राएलीहरूलाई बाटो दिएन। उसले आफ्ना सारा सेना भेला गर्यो, यहसामा छाउनी हाल्यो र इस्राएलीहरूमाथि आक्रमण गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तरै पनि सीहोनले आफ्नो प्रान्तबाट भएर जान दिने कुरामा इस्राएलमाथि भरोसा गरेनन्। तिनले आफ्ना सबै मानिसहरू भेला गरेर यहसामा छाउनी हालेर इस्राएलीहरूसित लडाइँ गरे। Viz kapitola |