Online Bible

- Reklamy -




न्यायकर्ता 11:17 - पवित्र बाइबल

17 इस्राएलका मानिसहरूले एदोमका राजाकहाँ दूतहरू पठाए। दूतहरूले एक सुविधाको याचना गरे। तिनीहरूले भने, ‘इस्राएलका मानिसहरूलाई तपाईंको देश भएर पार हुन दिनुहोस्।’ तर एदोमका राजाले हामीलाई तिनीहरूको भूमि भएर जान दिएनन्। हामीले यस्तै सन्देश मोआबका राजा कहाँ पनि पठायौं। तर मोआबका राजाले पनि हामीलाई उसको भूमि भएर जान दिएनन्। यसर्थ इस्राएलका मानिसहरू कादेशमानै बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब तिनीहरूले उनको देशबाट छिरेर जानलाई अनुमति माग्‍न भनी एदोमका राजाकहाँ दूतहरू पठाए, तर एदोमका राजाले सुन्‍दैसुनेनन्‌। तिनीहरूले मोआबका राजाकहाँ पनि पठाए, तर उनी पनि राजी भएनन्‌। यसैले इस्राएल कादेशमा नै रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तब तिनीहरूले एदोमका राजाकहाँ दूतहरू पठाएर उसको देशबाट भएर जानलाई बाटो मागे। तर एदोमका राजाले बाटो दिएन। तिनीहरूले मोआबका राजासँग पनि बाटो मागे तर उसले पनि आफ्‍ना देशबाट भएर जान अनुमति दिएन। यसकारण इस्राएलीहरू कादेशमा बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब इस्राएलले एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए, ‘हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ तर एदोमका राजाले सुनेनन्। तिनीहरूले मोआबका राजाकहाँ पनि यो बिन्ती पठाए, र तिनले अस्वीकार गरे। यसकारण इस्राएल कादेशमै बस्यो।

Viz kapitola kopírovat




न्यायकर्ता 11:17

Následuj nás:

Reklamy


Reklamy