न्यायकर्ता 10:6 - पवित्र बाइबल6 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 फेरि इस्राएलीहरूले अराम, सीदोन र मोआबका अम्मोनीहरू र पलिश्तीहरूका देवता-देवीहरू तथा बाल र अश्तोरेत देवताहरूलाई पुजेर परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। तिनीहरूले परमप्रभुलाई त्यागे, र उहाँको सेवा गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 फेरि एकपल्ट इस्राएलीहरूले परमप्रभुको विरुद्धमा पाप गरे। बाल-देवताहरू, अश्तोरेत-देवीहरू र अराम, सीदोन, मोआब, अम्मोन र पलिश्तीहरूका देव-देवीलाई तिनीहरूले पुज्न थाले। तिनीहरूले परमप्रभुलाई त्यागे र उहाँको आराधना गर्न छोडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। तिनीहरूले बाल तथा अश्तोरेतका आकृतिहरू, अराम, सीदोन, मोआब, अम्मोनी र पलिश्तीहरूका देवी-देवताहरूको सेवा गरे। इस्राएलीहरूले याहवेहलाई त्यागेर उहाँको सेवा गर्न छाडेका कारण, Viz kapitola |