न्यायकर्ता 10:1 - पवित्र बाइबल1 अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अबीमेलेकको पालोपछि इस्साखारको एक जना मानिस, पुवाका छोरा दोदोका नाति, एफ्राइमको पहाड़ी देशको शामीरमा बस्ने तोला इस्राएललाई छुटाउनलाई खड़ा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अबीमेलेक मरेपछि पूवाको छोरो अनि दोदोको नाति तोला इस्राएलीको उद्धार गराउनलाई आयो। ऊ इस्साखार कुलको थियो अनि एफ्राइमको पहाडी देशको शामीर भन्ने ठाउँमा बास गर्दथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अबीमेलेकको मृत्युपछि इस्साखारका एक जना मानिस, अर्थात् दोदोका नाति, पुवाका छोरा तोला इस्राएललाई बचाउनका निम्ति खडा भए। तिनी एफ्राइमको पहाडी मुलुकको शामीरमा बस्थे। Viz kapitola |