Online Bible

- Reklamy -




याकूबको पत्र 4:11 - पवित्र बाइबल

11 भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुशरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुशरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्‍नो भाइको विरुद्धमा खराब बोल्‍छ, अथवा आफ्‍नो भाइलाई दोष लाउँछ, त्‍यो व्‍यवस्‍थाको विरुद्धमा बोल्‍छ, र त्‍यसले व्‍यवस्‍थाको दोष देखाउँछ। तर यदि तिमीले व्‍यवस्‍थाको दोष देखाउँछौ भने त तिमी व्‍यवस्‍थाबमोजिम चल्‍ने भएनौ, तर व्‍यवस्‍थाको न्‍यायकर्ता पो भयौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्‍ना विश्‍वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्‍ने र दोष लगाउने व्‍यक्ति व्यवस्थाकै विरोधमा बोल्‍छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्‍याय गर्‍यौ भने तिमी यसको पालना गर्ने होइन तर न्‍याय गर्ने बन्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ।

Viz kapitola kopírovat




याकूबको पत्र 4:11

Následuj nás:

Reklamy


Reklamy