यशैयाको पुस्तक 9:1 - पवित्र बाइबल1 पहिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तापनि सङ्कष्ट परेकाहरूका निम्ति नैराश्य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्तालीको देशलाई नम्र तुल्याउनुभयो, तर भविष्यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्यजातिहरूको गालीललाई सम्मानित तुल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यो सङ्कष्टको समयबाट भाग्ने कुनै बाटो तिनीहरूको निम्ति हुनेछैन। एक चोटि जबूलून र नप्ताली कुलहरूका देशको अपमान भएको थियो तर भविष्यमा त्यस इलाकाको इज्जत हुनेछ। भूमध्य सागरदेखि पूर्वपट्टि यर्दनपारिका भूमि र गालीलसम्म, जहाँ विदेशीहरू बास गर्दछन्, त्यस देशको आदर गरिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तरै पनि त्यो सङ्कष्टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ— Viz kapitola |