यशैयाको पुस्तक 7:4 - पवित्र बाइबल4 “आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हौ! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरालाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन्। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवाँ मात्र भएका छन्। रामल्याहको छोरा रसीन र अराम क्रोधित भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र त्यसलाई भन्, ‘होशियार होऊ, शान्त बस र तिमी नडराऊ। यी दुई धूवाँ उठ्ने अगुल्टा, रसीन र अरामको भयङ्कर रीस, र रमल्याहको छोराको कारण तिम्रो मन पनि कातर नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उसलाई होशियार र शान्त भई बस्नू अनि नडराउनू र विचलित नहुनू भन्। राजा रसीन र त्यसका अरामवासीहरूका र राजा पेकहको क्रोध दुई वटा जल्न लागेका दाउराबाट उठेका धुवाँ जति पनि खतरनाक छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसलाई भन्, ‘होशियार बस्, शान्त हो, र नडरा। धुवाँ मात्र आइरहेका दाउराका यी दुई ठुटाहरूका कारण रसीन, अराम र रमल्याहका छोराको डरलाग्दो रिसको कारण हताश नहो। Viz kapitola |