यशैयाको पुस्तक 66:24 - पवित्र बाइबल24 “ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “अनि तिनीहरूले निस्केर मेरो विरुद्धमा बागी हुने मानिसहरूका मृत शरीरलाई हेर्नेछन्। तिनीहरूको कीरा मर्नेछैन, तिनीहरूको आगो निभ्नेछैन, र तिनीहरू सबै मानिस-जातिका निम्ति घृणित हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “तिनीहरू बिदा भएर जाँदा मेरो विरुद्धमा विद्रोह गर्नेहरूका लाश तिनीहरूले देख्नेछन्। ती लाशलाई खाने किराहरू कहिल्यै मर्नेछैनन् र ती लाशलाई जलाउने आगो कहिल्यै निभ्नेछैन। त्यो दृश्य सबै मानवजातिको दृष्टिमा घिनलाग्दो देखापर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “तब तिनीहरू बाहिर जानेछन् र मेरो विरोध गर्नेहरूका मृत शरीरहरूलाई हेर्नेछन्; तिनीहरूलाई खाने किराहरू मर्नेछैनन्, न त तिनीहरूलाई जलाउने आगो निभ्नेछ; अनि तिनीहरू सबै मानिसहरूका लागि घृणित हुनेछन्।” Viz kapitola |