Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:20 - पवित्र बाइबल

20 यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउँनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन जस्तो इस्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि तिनीहरूले सारा जाति-जातिहरूबाट तिमीहरूका सबै दाजुभाइहरूलाई घोड़ाहरू, रथहरू, पालकीहरू, खच्‍चरहरू र ऊँटहरूमा चढ़ाएर मेरो पवित्र पर्वत यरूशलेममा परमप्रभुको निम्‍ति बलिजस्‍तै ल्‍याउनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “इस्राएलका सन्‍तानले आफ्‍नो अन्‍नबलि चोखो भाँड़ामा परमप्रभुको मन्‍दिरमा ल्‍याएझैँ तिनीहरूले यिनीहरूलाई ल्‍याउनेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “मलाई कोसेलीका रूपमा ती देशहरूबाट तिनीहरूले तिमीहरूका देशवासीहरूलाई फर्काइल्‍याउनेछन्। जसरी इस्राएलीहरूले विधिअनुसार शुद्ध पात्रहरूमा अन्‍नबलि मन्‍दिरमा ल्‍याउँछन्, त्‍यसरी नै तिनीहरूले ती फर्कने देशवासी बन्‍धुहरूलाई घोडा, खच्‍चर, ऊँट, रथ र गाडाहरूमा सवार गराई यरूशलेमको मेरो पवित्र डाँडामा ल्‍याउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब तिनीहरूले सबै देशहरूबाट तिमीहरूका दाजुभाइहरूलाई घोडा, रथ, खच्‍चर, ऊँट र गाडाहरूमा सवार गराई यरूशलेममा याहवेहको निम्ति भेटीको रूपमा मेरो पवित्र पर्वतमा ल्याउनेछन्,” याहवेह भन्‍नुहुन्छ। “इस्राएलीहरूले याहवेहको भवनमा विधिपूर्वक शुद्ध पारिएका भाँडाहरूमा आफ्ना अन्‍नबलि जसरी ल्याउँछन्, त्यसरी नै तिनीहरूले इस्राएलीहरूलाई ल्याउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:20

Následuj nás:

Reklamy


Reklamy