Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:19 - पवित्र बाइबल

19 मैले केही मानिसहरूमा चिन्ह लगाएँ, म तिनीहरूलाई बँचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “म तिनीहरूका बीचमा एउटा चिन्‍ह राख्‍नेछु, र तिनीहरूमध्‍ये बाँचेकाहरूलाई म जाति-जातिहरूकहाँ पठाउनेछु— अर्थात्‌ तर्शीशमा, लिबियाली तथा लूदीहरू, जसले धनु धारण गर्छन्, तूबल र ग्रीसमा, र टाढ़ाका टापूहरूमा, जसले मेरो कीर्ति सुनेका छैनन्‌ र मेरो महिमा देखेका छैनन्‌। तिनीहरूले मेरो महिमा जाति-जातिहरूका बीचमा घोषणा गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अनि म तिनीहरूको माझमा एउटा चिन्‍ह दिनेछु। “तर म तिनीहरूमध्‍ये बाँच्‍नेहरू कति जनालाई चाहिँ जाति-जाति र टाढा-टाढाका ती देशहरूमा पठाउनेछु, जुनहरूले मेरो कीर्ति सुनेका र मेरा महान्‌ता र शक्ति देखेका छैनन् अर्थात् तर्शीश, लिबिया र धनुकाँड चलाउने सिपालु मानिसहरू बास गर्ने लूद अनि तूबल र ग्रीस देशहरूमा पठाउनेछु। यी देशहरूमा ती मानिसहरूले मेरो महान्‌ताको घोषणा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “म तिमीहरूको बीचमा एउटा चिन्ह राख्नेछु; अनि बाँचेकाहरूलाई म जातिहरूकहाँ पठाउनेछु—तर्शीश, लिबिया, लूदीहरू, जो धनुर्धारी हुन्; तूबल र ग्रीसमा मेरो कीर्तिको बारेमा नसुनेका र मेरो महिमा नदेखेका टाढाका टापुहरूमा पठाउनेछु। तिनीहरूले जातिहरूका बीचमा मेरो महिमा घोषणा गर्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:19

Následuj nás:

Reklamy


Reklamy