यशैयाको पुस्तक 66:12 - पवित्र बाइबल12 परमप्रभुले भन्नुहुन्छ: “हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु त्यो शान्ति ठूलो नदी सरह बग्नेछ। पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बाढी जस्तो बग्दै तिमीहरूकहाँ आउनेछ। अनि स-सना शिशुहरू जस्तै तिमीहरूले त्यो ‘दूध’ पिउनेछौ, म तिमीहरूलाई मेरो आफ्नै पाखुराहरूमा उठाउनेछु, अनि मेरो गोडाहरूमा उफार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढ़ाउनेछु। तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँड़ामा खेलाइनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभु भन्नुहुन्छ, “म तिमीहरूलाई कहिल्यै नसुक्ने नदीझैँ सुख-शान्ति दिनेछु, अन्यजातिहरूका सम्पत्ति उर्लंदो खोलाझैँ बगेर तिमीहरूकहाँ आउनेछन्। तिमीहरू आमाले हुर्काएको र आफ्ना अँगालोमा बोकी प्रेमसाथ बढाएको एउटा बालकझैँ हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि याहवेह यसो भन्नुहुन्छ: “म नदीझैँ शान्ति र जातिहरूका धन उर्लंदो भेलझैँ त्यसतर्फ फैलाउनेछु; तिमीहरूले दूध पिउनेछौ र हातमा बोकिनेछौ; अनि त्यसको घुँडामा उफ्रनेछौ। Viz kapitola |