यशैयाको पुस्तक 65:7 - पवित्र बाइबल7 तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु” परमप्रभु भन्नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँड़ाहरूमा मेरो विरोध गरे। म तिनीहरूका पहिलेका कामको बदला तिनीहरूकै काखमा पूरा भरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूका पापका निम्ति र तिनीहरूका पुर्खाका निम्ति साटो फेर्नेछु। तिनीहरूले डाँडाका मूर्ति पुज्नेहरूका पूजा-स्थलहरूमा धूप बालेका छन् र मेरा विरुद्धमा कुरा गरेका छन्। बितेका दिनका तिनीहरूका पाप सुहाउँदो म तिनीहरूलाई दण्ड दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,” याहवेह भन्नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँडाहरूमा मेरो निन्दा गरे। म तिनीहरूका पहिलेका कामहरूको बदला तिनीहरूकै काखमा हालिदिनेछु।” Viz kapitola |