यशैयाको पुस्तक 65:12 - पवित्र बाइबल12 तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म तिमीहरूलाई तरवारको निम्ति खटाउनेछु, र तिमीहरू सबै काटिनलाई निहुरनेछौ। किनकि जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले ध्यानसित सुनेनौ। मेरो दृष्टिमा जे खराब थियो, तिमीहरूले त्यही काम गर्यौ, र मलाई मन नपर्ने काम गर्न तिमीहरूले रोज्यौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूको भाग्यमा मैले निष्ठुर मृत्यु लेखिदिएको छु किनभने मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ वा म बोल्दा मेरो कुरा सुनेनौ। मेरो आज्ञा नमान्न र दुष्कर्म गर्न नै तिमीहरूले रोज्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तिमीहरूलाई तरवारको निम्ति दिनेछु, र तिमीहरू सबै काटिनलाई घुँडा टेक्नेछौ; किनकि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ; मैले बोलाएँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले मेरो नजरमा दुष्ट काम गर्यौ र मलाई मन नपर्ने कुराहरू रोज्यौ।” Viz kapitola |