यशैयाको पुस्तक 64:6 - पवित्र बाइबल6 हामी सबै पापले अशुद्ध भएका छौं। हाम्रा असल कामहरू पनि शुद्ध छैनन्। तिनीहरू रगतका दागहरू भएका लुगाहरू जस्ता छन्। हामी ओइलएर झरेका पातहरू झैं छौं। हाम्रा पापहरूले हामीलाई बतासले झैं उडाइलैजानेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हामी सबै अशुद्ध मानिसझैँ भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन्। हामी सबै पातझैँ ओइलाइहाल्छौं, र हाम्रा पापले हामीलाई बतासले झैँ उड़ाइलैजान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामी सबैले पाप गरेका छौं। हाम्रा उत्तम सम्पूर्ण कार्यहरू पनि पूरै नै मैला थाङ्नाझैँ छन्। हाम्रा पापका कारणले गर्दा हामी ओइलिजाने र बतासले उडाइलैजाने पातझैँ छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हामी सबै अशुद्ध थोकझैँ भएका छौँ, र हाम्रा सबै धार्मिक कामहरू फोहोर झुत्राझैँ छन्; हामी सबै पातझैँ ओइलाइहाल्छौँ, र हाम्रा पापहरूले हामीलाई हावाझैँ उडाइलैजान्छन्। Viz kapitola |