यशैयाको पुस्तक 64:2 - पवित्र बाइबल2 पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए। पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए। तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए। तब सारा जातिहरू तपाईंलाई देख्दा डरले काम्ने थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आगोले झिँजामिजा डढ़ाएर र पानी उमालेझैँ, तपाईंका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्थितिमा कामून् भनेर तपाईं तल आउनुहोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आगोमा पानी उम्लेझैँ तिनीहरू थरथरी काम्नेथिए। आउनुहोस् र आफ्नो शक्ति आफ्ना शत्रुहरूलाई प्रकट गर्नुहोस् र आफ्नो उपस्थितिले जाति-जातिलाई थर्कमान पार्नुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 आगोले झारपात जलाएझैँ र पानी उमालेझैँ, तपाईंको नाम तपाईंका शत्रुहरूलाई प्रकट गर्न, र जातिहरू तपाईंको उपस्थितिमा थरथर काँप्नलाई तपाईं ओर्लेर आउनुहोस्! Viz kapitola |