Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:9 - पवित्र बाइबल

9 मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दु:खी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो, अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्‍थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूलाई बचाउने एउटा स्‍वर्गदूत होइन तर परमप्रभु आफैं हुनुहुन्‍थ्‍यो। आफ्‍नो प्रेम र करुणामा उहाँले तिनीहरूको उद्धार गर्नुभयो। बितेका दिनमा उहाँले सधैँ तिनीहरूको हेरचाह गर्नुभएथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूका सबै दुःखहरूमा उहाँ आफैँ पनि दुःखित हुनुभयो; अनि उहाँको उपस्थितिका स्वर्गदूतले तिनीहरूका दुःखबाट तिनीहरूलाई बचाए। उहाँले आफ्नो प्रेम र कृपामा तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले तिनीहरूलाई उठाउनुभयो र ती विगतका सबै दिनहरूमा तिनीहरूलाई बोक्नुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:9

Následuj nás:

Reklamy


Reklamy