यशैयाको पुस्तक 63:3 - पवित्र बाइबल3 उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिएर हिँड्दै पिस्दैछु। मलाई कसैले पनि सहायता गरेनन्। म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिँडे। मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिएर पर्यो। यसैले मेरा लुगाहरू मैला भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “मैले एकलै दाख-कुण्ड पेलें, जातिहरूमध्ये कोही पनि मसित थिएन। मैले रीसमा तिनीहरूलाई पेलें, र मेरो क्रोधमा तिनीहरूलाई कुल्चें। तिनीहरूको जीवन-रक्त मेरो पोशाकमा छ्यापियो, र मेरो सबै वस्त्र रगतै-रगत भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले जवाफ दिनुहुन्छ, “जाति-जातिलाई मैले दाखझैँ पैतलाले दलें र कोही मलाई मद्दत गर्नै आएन। रिसमा मैले तिनीहरूलाई कुल्चें र तिनीहरूका रगतका दाग मेरा वस्त्रभरि लागेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “म एकलैले दाखको कोल पेलेको छु; मसित जातिहरूबाट कोही पनि थिएन। मैले आफ्नो रिसमा तिनीहरूलाई कुल्चेँ र आफ्नो क्रोधमा तिनीहरूलाई पेलेँ; तिनीहरूको रगतका छिटा मेरा वस्त्रहरूमा परेका छन्, र मेरा वस्त्रभरि दाग लागेका छन्। Viz kapitola |