यशैयाको पुस्तक 63:1 - पवित्र बाइबल1 एदोमबाट को आइरहेछ? ऊ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एदोमबाट, बोज्राबाट गाढ़ा रातो रङ्गले रँगाएका वस्त्रसित आउनुहुने को हो? रवाफिलो वस्त्र र आफ्नो शक्तिको बढ्पनमा आउँदैगर्नुहुने को हो? “धार्मिकतामा बोल्ने र बचाउनमा सामर्थी म हुँ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “एदोमको बोज्राको त्यो सहरबाट आउने को हुन्? यो उज्ज्वल रातो दाग लागेको वस्त्र लाउने र प्रताप र बलसित फौजी चालमा हिँड्ने को हुन्?” “उहाँ बचाउन सामर्थी परमप्रभु हुनुहुन्छ, जो आफ्नो विजयको घोषणा गर्न आउँदै हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एदोमको बोज्राबाट को आइरहेको छ? जसले आफ्नो वस्त्रमा रातो रङ्ग लगाएको छ? तेजस्वी पोशाक पहिरेर आफ्नो शक्तिको महानतामा को आइरहेको छ? “विजयको घोषणा गर्दै, बचाउने सामर्थी म नै हुँ।” Viz kapitola |