यशैयाको पुस्तक 62:4 - पवित्र बाइबल4 तिमीलाई ‘परमेश्वरले त्यागेका मानिसहरू’ फेरि कहिल्यै भनिने छैन। तिमीहरूका देशलाई फेरि कहल्यै यसो भन्ने छैन, ‘परमेश्वरले नाश गर्नु भएको देश।’ तिमीहरू ‘परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू’ भनी डाकिनेछौ। तिमीहरूको देशलाई, ‘परमेश्वरको बेहुला’ भनिने छ। किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तँ फेरि कहिल्यै ‘त्यागिएकी’ भनिनेछैनस्। तेरो देश फेरि कहिल्यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्सीबा’ भनिनेछस्, र तेरो देश ‘ब्युलाह’ भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अब तँलाई “त्यागिएकी” भनिनेछैनन् अथवा तेरो देश ‘छोडिएकी स्वास्नी’ कहलाउनेछैन। तेरो नयाँ नाम ‘परमेश्वर त्योसित खुसी हुनुहुन्छ,’ र तेरो देश ‘खुसीसाथ विवाह गरिएकी’ कहलाइनेछ किनभने परमप्रभु तँसित प्रसन्न हुनुहुन्छ र तेरो देशको निम्ति स्वामी बराबर हुनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्नेछैनन्, न त तेरो देशलाई उजाड भन्नेछन्। तर तँलाई हेप्सीबा, र तेरो देशलाई ब्युलाह भनिनेछ; किनकि याहवेह तँसित प्रसन्न हुनुहुनेछ, र तेरो देशलाई विवाह गरिनेछ। Viz kapitola |