यशैयाको पुस्तक 61:10 - पवित्र बाइबल10 परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन्, जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 म परमप्रभुमा साह्रै आनन्दित हुन्छु। मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ— जसरी दुलहाले आफ्नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्नहरूले आभूषित गर्छिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभुको कारणले यरूशलेम रमाउँछ। पूजाहारीजस्तै दुलाहाले आफ्नो शिर सिंगारेझैँ र दुलहीले आफैंलाई रत्न-मणीले सिंगारेझैँ परमेश्वरले मलाई उद्धारको पोशाक पहिराइदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म याहवेहमा अत्यन्त आनन्दित हुन्छु; मेरो प्राणले मेरा परमेश्वरमा आनन्द गर्छ। किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ, र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ, उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ, र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ। Viz kapitola |