यशैयाको पुस्तक 60:7 - पवित्र बाइबल7 केदारबाट आएका सारा भेंडा, मानिसहरूले जम्मा गर्नेछन, अनि तिमीहरूकहाँ ल्याइदिनेछन्, नबायोतका भेंडा़हरूले तिम्रो सेवा गर्नेछन्। तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ। अनि म ती सबै ग्रहण गर्नेछु। म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 केदारका सबै भेड़ाबाख्राहरूका बगाल तँकहाँ जम्मा हुनेछन्। नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्। तिनीहरू बलि स्वरूप मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, र मेरो महिमाको मन्दिरलाई म सिँगार्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 केदार र नबायोतका सबै भेडाहरू बलि चढाउन तँकहाँ ल्याइनेछन् र तिनीहरू परमप्रभुको वेदीमा ग्रहण हुनेछन्। परमप्रभुले आफ्नो मन्दिर अझै धेरै महिमित बनाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्; नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्; मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्, र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु। Viz kapitola |