यशैयाको पुस्तक 60:18 - पवित्र बाइबल18 त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तेरो देशमा फेरि कहिल्यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 काटमारको आवाज अब सुनिनेछैन, विनाशले तेरा देशलाई फेरि चकनाचुर पार्नेछैन। पर्खालले झैँ म तेरो रक्षा र बचाउ गर्नेछु, तैँले मेरो प्रशंसा गर्नेछस् किनभने मैले तँलाई उद्धार गरेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तेरो देशमा फेरि हिंसा सुनिनेछैन, न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ, तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्नेछस् र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्। Viz kapitola |