यशैयाको पुस्तक 60:14 - पवित्र बाइबल14 विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए, ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्। विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे ती मानिसहरू तिम्रा खुट्टामा निहुरिनेछन्। ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’ ‘इस्राएलको परम-पवित्र “सियोन” भन्ने छन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तँलाई सताउनेहरूका छोराहरू तँकहाँ शिर निहुराउँदै आउनेछन्। तँलाई घृणा गर्नेहरू सबै तेरा खुट्टामा निहुरनेछन्। तिनीहरूले तँलाई परमप्रभुको सहर, इस्राएलका परमपवित्रको सियोन भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तँलाई अत्याचार गर्नेहरूका छोरा-नातिहरू आएर तँलाई आदर गर्दै शिर निहुराएर ढोग्नेछन्। एक समय तँलाई तुच्छ ठान्नेहरू सबैले तेरा पाउपर्नेछन्, तिनीहरूले तँलाई ‘परमप्रभुको सहर’ र ‘इस्राएलका पवित्र परमेश्वरको सहर सियोन’ भन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्; तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्, र तँलाई याहवेहको सहर, इस्राएलका पवित्र परमेश्वरको सियोन भन्नेछन्। Viz kapitola |