यशैयाको पुस्तक 60:13 - पवित्र बाइबल13 लबानोनका सबै महत्वपूर्ण कुराहरू तिमीहरूलाई दिइनेछ। मानिसहरूले देवदारू, धूपी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्। ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ, यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ। अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “लेबनानको गौरव तँकहाँ आउनेछ— सल्लोहरू र धूपीका रूखसमेत मेरो पवित्रस्थान सुन्दर बनाउनलाई आउनेछन्, र म मेरो चरणको स्थानलाई गौरवमय बनाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “धूपी, सतिसाल र सालका काठ, लेबनानका बनका सबैभन्दा उत्तम काठ, मेरा मन्दिर शोभायमान बनाउन ती काठ ल्याइनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “लेबनानको गौरव तँकहाँ आउनेछ, सल्ला, धूपी र सिसौका रूखहरूसमेत, मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्; अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु। Viz kapitola |