यशैयाको पुस्तक 6:5 - पवित्र बाइबल5 म भयभीत भएँ। मैले भनें, “अँहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसँग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मैले भनें, “हाय! म नाश हुनेछु। म नाश हुनेछु किनभने मेरा ओठबाट निस्केको हरेक शब्द पापमय छ र म अपवित्र ओठ भएका मानिसहरूका बीचमा बास गर्दछु। तर पनि सर्वशक्तिमान् परमप्रभु महाराजालाई मैले आफ्ना आँखाले देखेको छु!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म कराएँ, “धिक्कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।” Viz kapitola |