यशैयाको पुस्तक 6:10 - पवित्र बाइबल10 मानिसहरूलाई अल्मल्याउ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यी मानिसहरूका हृदय कठोर, र तिनीहरूका कान नसुन्ने पार, र तिनीहरूका आँखा बन्द गरिदेऊ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्लान्, र आफ्ना कानले सुन्लान्, र तिनीहरूका हृदयले बुझ्लान्, र फेरि फर्केर तिनीहरू निको होलान्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसपछि उहाँले मलाई भन्नुभयो, “तैँले यी मानिसहरूका बुद्धि बोधो पार्, कान बहिरा र आँखा अन्धा पारिदे, होइन भने त तिनीहरूले देख्नेछन्, सुन्नेछन् र बुझ्नेछन् र तिनीहरू मतिर फर्कनेछन् र निको हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यी मानिसहरूका हृदय कठोर तुल्याइदे; तिनीहरूका कानहरू मन्द गरिदे; अनि तिनीहरूका आँखा बन्द गरिदे। नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्, र आफ्ना कानहरूले सुन्लान्; तिनीहरूका हृदयहरूले बुझ्लान्; अनि फर्कलान् र फेरि निको होलान्।” Viz kapitola |