यशैयाको पुस्तक 58:13 - पवित्र बाइबल13 त्यस्ता कुराहरू हुनेछन् जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्यौ, र आफ्नो इच्छाअनुसार नगरी यस दिनलाई मान्यता दियौ र यसमा आफ्नो खुशी नगरी व्यर्थका कुरा गरेनौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले विश्राम-दिनलाई पवित्र राख्यौ र त्यस दिन आफ्ना स्वार्थका कुराको खोजी गरेनौ भने, मेरो पवित्र दिनको कदर गर्यौ र त्यस दिन यात्रा र काम गर्न वा बेकामको कुरा गर्न छोडी त्यस दिनलाई आदर गर्यौ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ उल्लङ्घन गर्नबाट, र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने, तिमीहरूले शबाथलाई प्रसन्नता, र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ, र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी, अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्यौ भने, Viz kapitola |