Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:11 - पवित्र बाइबल

11 परमप्रभुले सधैँ तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुख्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको स्रोत जस्तै हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुले तिमीहरूलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्‍तुष्‍ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्‍त पानीले भिजाएको बगैँचाझैँ र नसुक्‍ने पानीको मूलझैँ हुनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि म सदा तिमीहरूको अगुवाइ गर्नेछु र असल कुराले तृप्‍त गराउनेछु। म तिमीहरूलाई स्‍वस्‍थ र तन्‍दुरुस्‍त राख्‍नेछु। पुग्‍दो पानी पाएको बगैँचाझैँ, कहिले नसुक्‍ने फोहोराझैँ तिमीहरू हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ; उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्‍त पार्नुहुनेछ; अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ, र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:11

Následuj nás:

Reklamy


Reklamy