यशैयाको पुस्तक 57:8 - पवित्र बाइबल8 तब तिमीहरूले ती विछ्यौनाहरू बीचमा जान्छौ, र ती देवताहरूलाई प्रेम गरेर मेरो विरूद्ध पाप गर्छौ। तिमीहरूले ती देवताहरूलाई प्रेम गर्छौ, तिमीहरू तिनीहरूका नाङ्गो शरीरहरू हेरेर खुशी हुन्छौ। तिमीहरू मसँग थियौ, तर तिनीहरूले मलाई त्याग्यौ, तिनीहरूका हुनको लागि मलाई सम्झन सहयोग पुर्याउने कुराहरू तिमीहरूले लुकायौ। तिमीहरूले ती कुराहरू ढोका र चौखटहरू पछाडी लुकायौ। त्यसपछि तिमीहरू गयौ र ती झूटा देवताहरूसँग करार बाँध्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूका ढोका र चौकोसको पछाड़ि तिमीहरूले अन्यजातिहरूका चिन्हहरू राख्यौ। मलाई त्यागेर तिमीहरूले आफ्नो ओछ्यान उघार्यौ! तिमीहरू त्यसमा चढ़्यौ र उदाङ्गै पार्यौ। तिमीहरूले तिनीहरूसित बाचा बाँध्यौ, जसको ओछ्यान तिमीहरू मन पराउँछौ, र तिमीहरूले तिनीहरूको नग्नता हेर्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 घरका अघिल्ला ढोकाहरूमा तिम्रा फोहोर मूर्तिहरू राख्छौ। तिमीहरूले मलाई त्याग्छौ, लुगा फुकालेर तिम्रा ठूल्ठूला पलङ्गमा आफ्ना प्रेमीलाई साथमा लिई बस्छौ। ती स्त्रीहरूलाई आफूसित सुत्नलाई पैसा दिन्छौ र त्यहाँ तिमीहरू स्त्री-सम्भोगको इच्छा पूरा गर्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूका ढोका र चौकसहरूको पछिल्तिर तिमीहरूले आफ्नो देवताहरूका चिन्हहरू राख्यौ। मलाई त्यागेर तिमीहरूले आफ्नो ओछ्यान उघार्यौ! त्यसमा चढेर तिमीहरूले त्यसलाई उदाङ्गो पार्यौ; तिमीहरूले जसका ओछ्यान मन परायौ, तिनीहरूसित सम्बन्ध गाँस्यौ, र तिमीहरूले तिनीहरूको नग्नता हेर्यौ। Viz kapitola |